Friday, May 22News That Matters

कांग्रेस नवलपरासीका उप–सभापतिको कोरोना संक्रमणबाट मृत्यु

पूर्णपुष्टि, भदौ २

कोरोना संक्रमणबाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला उप–सभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा बिहान मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट गत साउन ३० गते पाटन अस्पतालमा भर्ना भएको थियो । उनको भेन्टिलेटरको सहायतामा उपचार भईरहेकोे थियो । उनलाई गतराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएको र पुनः मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

बुटवलको कोरोना अस्पतालमा एक दिन भर्ना भएर उपचार गराएका गिरीलाई थप उपचारका लागि पाटन अस्पताल ल्याईएको थियो ।

गरी तत्कालीन फोरम लोकतान्त्रिकका नेता रहेका उनी कांग्रेससँग एकीकरणपछि नेपाली कांग्रेसको उपसभापति भएका थिए ।