आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

कांग्रेस सचिवले बाम गठबन्धनलाई सहयोग गर्ने घोषणा

पूर्णपुष्टि/उदयपुर, मंसीर १३ गते ।

नेपाली काँग्रेसका उदयपुर जिल्ला सचिब रामकुमार राईले बुधबार एक औपचारिक समारोहमा काँग्रेस पार्टी परित्याग गरेका छन् ।

वामगठबन्धनले कटारीमा आयोजना गरेको चुनावीसभामा सचिव राईले काँग्रेस पार्टी छोडेको घोषणा गर्दै अब वामगठबन्धनलाई सहयोग गर्ने बताउनुभयो ।

झण्डै तीन दशक लामो समय काँग्रेसमा व्यतित गरेका राईले सभालाई सम्बोधन गर्दै भने, ‘उर्वर समय मैले काँग्रेसमा व्यतित गरेर वेकार गरेछु’ पार्टीका केहि नीति सिद्धान्त राम्रा भएपनि पार्टी परिचालन गर्ने व्यक्तिको आचरण खराव भएकाले आफु पार्टीभित्र बस्न नसकेको कुरा उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा राईको भब्य स्वागत भएकोे थियो ।

चुनावी सभालाई बाम गठबन्धनका विभिन्न नेताहरुले सम्बोधन गर्दै जीत सुनिश्चितरुपमा हुने बताएका थिए । जनताको मन जित्ने र जनताको लागि काम गर्ने बाम गठबन्धनबाहेक कुनै विकल्प र पक्ष नरहेको उनीहरुले दाबी गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकार संगितकार शम्भु राई, सत्यकला राई, कला राई, लिला राई, शिला राई, मिना राई, रुपकुमार राई, दिपक वान्तवा, नरेश राई, दिपेश राई, लोकगायक बद्री पंगेनी, हास्यकलाकार पार्वन राई, चर्चित नायक तथा निर्माता समानुपातिक उमेदवार नवल खड्का, नायिका तथा मोडल दिपासा विसी, नृत्यकार रेखा मगर, उदघोषक साहस राईको वेजोड प्रस्तुति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0