Monday, April 20News That Matters

काठमाडोँ महानगरद्धारा नदी किनारका अनधिकृत संरचना हटाउन सात दिने सूचना जारी

पूर्णपुष्टि,चैत्र ११ । काठमाडौँ महानरपालिकाले एक साताभित्र नदी किनारमा बनेको अनधिकृत संरचना हटाउन सात दिने सूचना जारी गरेको छ । महानगरले शनिवार राष्ट्रिय पत्रिका गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेको अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो ।

महानगरपालिकाले एक साताभित्र नदी किनारका अनधिकृत संरचना नहटाए महानगरले ती संरचना भत्काउने र त्यसको खर्च पनि सम्बन्धित व्यक्तिबाट उठाउने सूचनामा उल्लेख छ ।