
कात्तिक ४ गते ।
काठमाण्डौँको बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । बौद्धको नयाँ वस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित मानिस पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा नक्कली नोट छाप्ने मेसिनसहित ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
