Wednesday, May 13News That Matters

काठमाण्डौ उपत्यका भित्र टाईम कार्ड लागु

पूर्णपुष्टि, बैशाख २८ गते ।

लकडाउनको समयमा काठमाण्डौ उपत्यका भित्र गाडी चलाउन आजदेखि टाइम कार्ड लागू भएको छ ।  उपत्यकाका सीडीओ, सुरक्षा निकाय हेर्ने डीआइजी र ट्राफिक महाशाखाको संयुक्त बैठकले गाडी चलाउन टाईम कार्ड लागु गरेको हो ।

कार्यालय जनाका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुकी ५ बजेदेखि ६ बजेसम्म घर फर्कन समय छुट्ट्याएको छ । त्यस्तै अत्यावश्यक खाद्य वस्तुका लागि बिहान १० बजे अगाडिको समय तोकिएको छ ।

बैँक तथा वित्तीय संस्थाका लागि पनि निश्चित समय तोकिएको छ । तोकिएको यी समयमा कार्यालय वा संस्थाका सबै गाडी चल्न पाउने छैनन् ।

तोकिएको समयमा हरेक कार्यालय वा संस्थाका एक चौथाई गाडीलाई मात्र चलाउन दिने निर्णय भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।