
उदयपुर, जेष्ठ १२ गते ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापा मगरले देशमा संघिय लोकतन्त्र आईसके पनि मानिसको सोँच, चिन्तन र ब्यबाहार परिवर्तन नपाईएको बताइन् ।
राजनितिक परिवर्तन भईसक्दा पनि ब्यावाहारिक सोँच परिवर्तन नहुदा देशमा महिलाहरु माथि अझै पनि शोषण र अन्यायको थुप्रै घटनाहरु हुने गरेको उनीले बताईन् ।
उनले ६२÷६३ पछिको जनआन्दोलनले महिलाहरुलाई निकै स्वतन्त्र बनाएता पनि पूर्ण महिला अधिकारमा सबै क्षेत्रले ब्याबाहारिक परिवर्तन गर्नु पर्नेमा जोड दिएकीछिन् ।
श्रम र पहिचानमा महिला अधिकार ः गणतान्त्रिक नेपालको मुल आधार भन्ने नाराका साथ प्रथम उदयपुर ऐतिहासिक उदयपुर जिल्ला महिला भेलालाई सम्वोधन गर्दै मन्त्री थापाले महिलाको हक हितका लागी थुप्रै कानुनहरुको संसोधन भईसकेको पनि बताईन् ।
कानुनमा मात्र लेखिएर नहुनाले यसको महत्वपूर्ण पक्ष भनेकै ब्यबाहार, सोँचलाई नै सकरात्मक बनाउनु पर्ने मन्त्रि मगरले बताईन् ।
जनआन्दोलन पश्चात महिलाहरुको निम्ति मुख्य चार ओटा विद्ययकलाई पास गर्ने क्रममा हरेक क्षेत्रमा महिलाहरुको ३३ प्रतिशत सहभागिता, लैङगिक हिंसा अन्त्य, आमाको नामबाट नागरिकता पाउने ,र बिभेदकारी कानुनहरु ख्यारेज गर्ने जस्ता महत्वपूर्ण मागहरुलाई संम्सदमा पास गरिनु महिलाहरुको निम्ति ठुलो सफलता रहेको बताईन् ।
अहिले त्यसै कानुनलाई आधार बनाएर आर्थिक, राजनितिक र सामाजीक क्षेत्रमा महिलाहरुको अधिकारलाई सुरक्षित गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रमा महिलाहरुको उत्तिकै समान सहभागीता रहेको उनीले बताईन् ।
उनीले अब महिलाहरुको निम्ति ३३ प्रतिशतले अधिकार नभई महिला पुरुषको बराबर अधिकारमा ५० प्रतिशत महिला अधिकार लागु हुनु पर्ने माग गरेकी छीन् ।