
पूर्णपुष्टि/उदयपुर, फागुन ३ गते
-नवगायक उपेन्द्र सहयात्री राईको गायन प्रतिष्पर्धा कान्तिपुर आईडलको यात्रा सफलरुपमा अगाडी बढेसंगै अव अन्तिम प्रतिष्पर्धाका लागि कडा मेहनत चलिरहेको छ ।
उदयपुर घर भएका सहयात्री आईडलको विभिन्न चरण पार गर्दै यतिबेला टप फाईभमा छन् अर्थात चैत्र ६ गते हुने फाईनल राउण्डमा टप वान हुनका लागि सबैखाले प्रयास र अभ्यासमा छन् ।
सानैदेखिको गायनमा अब्बल रुची राख्ने र गाउँघर, विद्यालयको कार्यक्रमदेखि शहरको मेला महोत्सवसम्म गाएर स्रोताको मन जित्दैगएका सहयात्री, पछिल्लो समय कान्तिपुर आईडलमा आफ्नो क्षमता र प्रतिभा प्रस्तुत गरिरहेका छन् ।
अडिसन राउण्डदेखि नै अग्रजको सल्लाह, सुझाव, जजहरुको आशिर्वाद, दर्शक, स्रोताको माया पाइरहेको र आप्mनो पनि अथक मेहनत रहेकाले टपवन अर्थात कान्तिपुर आईडल बन्न सक्छु भन्ने आत्मविश्वास छ उनमा । उनले यो अन्तिम चरणमा दर्शक स्रोताको अझ धेरै माया आवश्यक रहेको भन्दै भोट गरिदिन अनुरोध गरेका छन् । कान्तिपुर आईडल जितेर गीत संगीतको माध्यमबाटै देशको लागि केही गर्ने उनको धोको छ ।