कामदार किशोरीमाथि आसय करणीको आरोपमा पक्राउ

पूर्णपुष्टि/उदयपुर, पुस २२ गते ।

काम गर्न राखेको किशोरीलाई करणी प्रयास गरेको आरोपमा कटारीका एक व्यक्ति पक्राउ परेका छन् । कटारी नगरपालिका २ ददरीयाका अन्दाजी ४५ वर्षिय उद्धव पौडेल आसयी करणीको आरोपमा पक्राउ परेका हुन् ।

काम गर्न राखेको एक किशोरीलाई गत मंसीरमा बलात्कारको प्रयास गरेपछि किशोरी भागेर घरमा अभिभावकलाई सुनाएको र स्थानीयको सहयोगमा अहिले प्रहरीलाई उजुरी गरेको हो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मेघराज अधिकारीका अनुसार पौडेलले कटारी नगरपालिकाकै एक किशोरीलाई मंसीरमा करणीको प्रयास गरेको भन्दै किशोरीको परिवारले उजुरी दिएपछि पक्राउ गरिएको हो । उजुरीको आधारमा घटनाबारे अनुसन्धान गरी कारवाही अगाडी बढाइने उहाँले बताउनुभयो ।

बिहिबार नै पक्राउ परेका उनलाई प्रहरीले केही समयपछि छाडेपनि स्थानीयको दबाबमा शुक्रबारविहानदेखि प्रहरी हिरासतमा रहेका छन् । स्थानीयका अनुसार उनी समाजमा व्याभिच्यारीको रुपमा चिनिएका छन् । पौंडेलले घरमा काम गर्नेको रुपमा लैजाने र यौन दुब्र्यवहार गर्ने गरेको आरोप छ । तीन महिनाको बीचमा मात्र अन्य दुई युवतीलाई घरायसी कामका लागि लगेकोमा बस्न नसक्ने भन्दै फर्किएको स्थानीयले बताए ।

स्थानीयहरुका अनुसार मारुती सिमेन्ट उद्योगको कर्मचारीको रुपमा रहेका बेला उनले आफु अपहरणमा परेको आफैले नाटक रचेर हाकीमलाई रकम असुल्ने प्रयास गरेका थिए । पछि थाहा पाएर उद्योगले उनलाई निकाला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0