Wednesday, August 5News That Matters

कार्यकर्ता कुटिएको भन्दै गठबन्धनद्धारा सडक अवरुद्ध

पूर्णपुष्टि, कार्तिक २८ गते ।
आफ्ना कार्यकर्तालाई नेकपा एमालेका कार्यकर्ताले कुटेको भन्दै दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका छन् ।
गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेका प्रहरीले जनाएको छ ।
नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कायर्कर्ता बीच आइतबार झडप भएको थियो ।
गठबन्धनका कार्यकर्ताले झडपमा संग्लन एमाले कार्यकर्तालाई पक्राउ गरे मात्रै सडक खुलाउने बताउँदै आएका छन् । जिल्लाभरीबाट सयौं कार्यकर्तालाई गठबन्धनले धुलीगडा खेडा क्षेत्रमा राखेर सडक बन्द गरेको नेकपा एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए ।
उनको अनुसार सडक अवरुद्ध भएकाले नौगाडमा भएको चुनावी सभामा गएका एमाले कार्यकर्ता तथा स्थानीय बासिन्दा घर फर्कन भएका छैनन् । कार्यक्रममा लागि गएका कलाकारसहितका सहभागीहरु होपरीगाड जामिर क्षेत्रमै रोकिएका छन् ।
नेकपा माओवादी दार्चुलाका नेता खडकसिंह धामीले घरमै बसिरहेका सर्वसाधारण नागरिकलाई समेत एमाले कार्यकर्ताले घरमै गएर कुटेको र आफूहरुले त्यसको विरोध गरेको बताए ।
सुरक्षबैठक राखेर सडक खुलाउने प्रयास भए पनि गठबन्धनले नमानेको कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । रातभरको प्रयासका बावजुत पनि समस्या समाधान नभएको उपाध्यायले बताए ।