Friday, May 22News That Matters

कास्कीमा थप १३ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, असार २४

कास्कीमा आज थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएकामध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको हो ।

कास्कीको पोखरा महानगरपालिकाका १० जना र मादी गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले बताउनुभयो ।

पोखरा महानगरपालिकाको २६, २५, ३१, ५१, ४५, २५, ४३, ३२, २५ र ३५ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण भएको छ भने मादी गाउँपालिकाका २८ वर्षीय पुरुषका साथै ३५ र ३७ वर्षीया महिलामा कोरोना देखिएको शर्माले बताउनुभयो ।

सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार १ सय २९ पुगेको छ ।

आजसम्म गण्डकी प्रदेशमा ३ सय ५३ जना उपचारपछि निको भइसकेका छन् भने ३ जनाको भएको छ ।