Friday, May 22News That Matters

काेराेना जाेखिममा प्रेस संगठन उदयपुरले गरयाे जिल्लाका ३४ पत्रकारकाे विमा

पूर्णपुष्टि, जेठ ९ ।

काेराेना (काेभिड १९) काे उच्चजाेखिममा रहेका पत्रकारहरुकाे स्वास्थ्य सुरक्षामा सरकार गम्भिर नदेखिएकाे अबस्थामा प्रेस संगठन नेपाल, उदयपुरले जिल्लामा सक्रिय संगठन अन्तरगतका पत्रकारहरुकाे विमा गरेकाे छ ।
संगठनले जिल्लाका ३४ जना संगठन अन्तरगतका पत्रकारहरुकाे अाई एम ई जेनेरल ईन्स्याेरेन्समा विमा गरेकाे हाे । नेपालकाे पहिलाे काेराेना इपिसेन्टर उदयपुरमा खटिएका पत्रकारहरुकाे उच्चजाेखिमलाई मध्यनजर गर्दै संगठनले विमा गरेकाे जिल्ला संयाेजक गणेश उप्रेतीले बताउनुभयाे । काेराेना भाईरसकाे संक्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै संगठनले म्यादि विमा गरेकाे जनाएकाे छ । एक वर्षे अवधिमा विमित पत्रकारलाई संक्रमण पुष्टि भएमा विमा कम्पनिले एकलाख दिने जनाईएकाे छ ।
विमा गर्ने कार्यमा संगठन अन्तरगत जिल्लामा रहेका केन्द्रिय, प्रदेश सदस्यदेखि जिल्लाका सदस्यहरु समेटिएका छन् ।