
पूर्णपुष्टि, असोज ९
उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाका एक अधिकारीको मृत्युलाई लिएर माफी मागेका छन् । किमले दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनसँग त्यो घटना नहुनुपर्ने बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
४७ वर्षीय एक व्यक्ति कथित रुपमा उत्तर कोरियालाई दोष लगाउन खोजिरहेका थियो । जब ती व्यक्ति उत्तर कोरियाको नदीमा पौडिरहेको अवस्थामा सैनिकहरुले भेटेका थिए ।
ती व्यक्तिमाथि गोली प्रहार गरि र शवलाई जलाएको दक्षिण कोरियाले जनाएको समाचारमा उल्लेख छ ।
उत्तर र दक्षिण कोरियाबीचको सीमामा निकै कडा किसिमको सुरक्षा हुने गर्दछ । कोरोना भाइरसको महामारीका कारण बाहिरी देशबाट आउनेलाई रोक्न देख्नेबित्तिकै गोली प्रहार गर्ने आदेश दिइएको जनाईएको छ ।
किम जोङ उनले राष्ट्रपति मुनलाई एक पत्र लेखेर माफी मागेको दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसले जनाएको छ ।
किमले पत्रमा राष्ट्रपति मुन र दक्षिण कोरियाली नागरिकलाई निराश बनाउनु परेकोमा आफूलाई ‘निकै दुःख’ लागेको लेखेका छन् ।
उत्तर कोरियाली दक्षिण कोरियालाई यस घटना सम्बन्धमा गरिएका कैयौँ जाँचको निष्कर्ष पनि सुम्पिएको जनाईएको छ ।
‘ती व्यक्ति दक्षिण कोरियाबाट उत्तर कोरिया आएका थिए र आफ्नो पहिचान बताउन नमानी भाग्ने प्रयास गरेपछि उनीमाथि १० भन्दा धेरै पटक गोली चलाइएको हो’, पत्रमा भनिएको छ ।
