किरात प्रदेश तथा पहिचान सम्बन्धि प्रशिक्षण कार्यक्रम

गाईघाट/मंसिरि २१

किरात राई यायोख्खा केन्द्रिय संगठन विभागले किरात प्रदेश नामकरण तथा किरात राईहरुको भाषा, संस्कार, संस्कृति र पहिचानको विषयमा १ दिने छलफल तथा प्रशिक्षण कार्यक्रम गाईघाटको साकेला टोलमा शनिवार गरेको छ ।

अहिले सम्म नामकरण हुन नसकेको १ नं प्रदेशलाई किरात प्रदेश नामकरणको अभियानमा बिभिन्न कार्यक्रमहरु भईरहेको र सो अभियानलाई सफल बनाउन प्रशिक्षणको अयोजना गरिएको आयोजकले बताए ।किरात जात होइना पहिचान हो जो कोहीले पनि आफ्नो पहिचानको संरक्षण गर्ने अधिकार भएको हुदा पहिचान बचाउन १ नं प्रदेशलाई किरात प्रदेश बनाउन किरात राई यायोख्खाले धरै पहल गरिरहेको आयोजक समितिले बताए ।

१ नं प्रदेशमा बिभिन्न जातजातिहरुले बसोवास गरेपनि धरै मात्रामा किरातीहरुले बसोवास गर्ने पुर्वी क्षेत्र भएको भन्दै यहाँको भाषा, संस्कार संस्कृति र पहिचानको निमित्त यस नामकरणले महत्र्वपूर्ण भुमिका खेल्ने आयोजकको भनाई रहेको छ ।कार्यक्रममा उदयपुर, सिराहा, र सप्तरी गरी तिन ओटा जिल्लाहरुले सहभागी जनाएको छ भने उदयपुर बाट बिभिन्न नगर पालिका, गाउँपालिका र वडाहरुले सहभागीता जनाएको छ । यस्तै भातृ संगठन किरात विद्यार्थी संघ, किरात पत्रकार संघ र किरात कलकार सांस्कृति संघले पनि सहभागी जनाएको छ ।

कार्यक्रमको व्यवस्थापन किरात राई यायोख्खा जिल्ला कार्यसमिति उदयपुर, जिल्ला कार्यसमिति सिराहा र जिल्ला कार्यसमिति सप्तरीले गरेको छ भने  किरात राई यायोख्खा केन्द्रिय संगठन विभागको आयोजना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: