Saturday, May 2News That Matters

किरात राई यायोख्खा जिल्ला अध्यक्ष तथा समाजसेवी बलधन राईको निधन

पूर्णपुष्टि, असार २१

किरात राई यायोख्खा उदयपुरका जिल्ला अध्यक्ष तथा समाज सेवी बेल्टारका बलधन राईको आज निधन भएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ६ समावेसी लाइन निवासी ४७ वर्षीय राईको (टाईफाईट) का कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

केहिदिन्देखी सामान्य ज्वरो आउन थाले पछि उनलाई आजै  धरान घोपा  क्याम्प थप उपचारको लागि लगिएको थियो । तर उनको उपचारकै क्रम्मा   निधन भएको  जनाइएको परिवारले जनाएको छ ।

उनको हिजो आईतवार कोरोना एन्टिजेन्ट परिक्षण पनि गरिएको थियो । उनको रिपोर्ट  नेगेटिभ आएको नगर स्वास्थ्य शाखाले जनाएको छ । राई नेपाल आदिवासी जनजाती महासंघका जिल्ला उपाध्यक्षसमेत थिए । राईको श्रीमती एक छोरा र दुई छोरी छन । राईको दुःखद निधनले जिल्लावासिलाई अपुर्निय क्षेती पुगेको समाजसेवी भुपेन्द्र राईले बताए । राईको निधनप्रति हाम्रो तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।