Tuesday, April 21News That Matters

कुलमानको पक्षमा उभिदै गाईघाटका युवाहरुले प्रधानमन्त्रीलाई पठाए ज्ञापनपत्र

पूर्णपुष्टि, असोज २ । 

उदयपुर गाईघाटका युवाहरुले ज्ञापन पत्र मार्फते प्रधानमन्त्री केपी शर्मा ओलीसंग उज्यालो नेपालका लागि फेरी पनि विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नै नियुक्त गर्न माग गरेका छन् । युवाहरुको एक समुहले सामुहिक हस्ताक्षरसहित आज उदयपुरका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र पठाउनै प्रधामन्त्रीसमक्ष यस्तो माग राखेका हुन् ।


दैनिक १८ घण्टासम्मको लोडसेटिङ देशबाट हटाउने र विद्युत प्राधिकरणलाई नाफामासमेत लैजान सक्षम  घिसिङलाई नै पुनः प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरे मात्र उज्यालो नेपालको सपना साकार हुने भन्दै सहज वातावरण सिर्जना गरिदिन माग गरेका छन् । 
हिजोको दिनमा नेपाली जनता लोडसेटिङको चरम मारमा परेको कुरालाई नविर्सन आग्रह गर्दै उनीहरुले घिसिङले थाल्नु भएका कतिपय राम्रा कामहरु अपुरै रहेकाले पुरा गर्न दिन आग्रह गरेका छन् । अहिले देशैभर विभिन्न हिसावले घिसिङलाई नै प्राधिकरणको कार्यकारी प्रमुखमा दोहोर्याउन दवाव सिर्जना भईरहने क्रममा गाईघाटका युवाहरुले पनि दवाव सिर्जना गरेका हुन् । घिसिङको भर्खरै चारवर्षे कार्यकाल सकिएको छ । सरकार प्राधिकरणको रिक्त कार्यकारी प्रमुख पदपूर्तीको अभ्यासमा छ । 
हिजोको विषम परिस्थितिमा पनि काठमाडौं जिल्लाहुदै देशैभर लोडसेटिङमुक्त बनाउने काम चानचुने नरहेको र घाटामा मात्र डुविरहेको प्राधिकरणलाई नाफामा उतारेको कामको उच्च मुल्यांकन गर्दै युवाहरु घिसिङको पक्षमा उभिएका छन् । आज बेलैमा नेपाली जनताले घिसिङ जस्तो असल राष्ट्र सेवकको पक्षमा उभिएर सरकार समक्ष दवाव सिर्जना गर्न सके हिजोको लोडसेटिङको दुर्दशा ब्यहोर्नु नपर्ने त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका सचिव समेत रहेको युवा दिनेश श्रेष्ठले बताउनुभयो ।

युवाहरुको समुह प्रशासन कार्यालय पुगेर प्रधानमन्त्रीका लागि ज्ञापन पत्र बुझाएका थिए । विहानै गाईघाट बजारमा घिसिङको पक्षमा र्यालीसमेत भएको थियो ।

ज्ञापनपत्र हेर्नुहाेस् :