Tuesday, August 11News That Matters

कुलोमा डुबेर एक जनाको मृत्यु

पूर्णपुष्टि, असार २४

दाङमा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । दाङ तुलसीपुर–८ अश्वाराका केशव भण्डारी घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको हो ।

हिजो बेलुकी  खेतबाट आएर घर नजिकै रहेको लौबस्ताको कुलोमा नुहाउन गएका भण्डारीलाई कुलोमा घोप्टो अवस्थामा देखेपछि स्थानीयले उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगी उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुल्सिपुरले जनाएको छ ।