
पूर्णपुष्टि, बैशाख २७ गते ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेपछि कुवेतमा आइतबारदेखि तीन हप्तासम्म पूर्ण रुपमा लकडाउन हुने भएको छ ।
कुवेत मन्त्रिपरिषदले आईतबार अर्थात मे १० देखि मे ३० सम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको सञ्चारमाध्यमहरुले जनाएको छ । यो निर्णय आइतबार दिउँसो चार बजेदेखि लागू हुने जनाईएको छ ।
निजी क्षेत्रको काम र अत्यावश्यकबाहेक सामान ओसारपसारको कामसमेत रोक्ने निर्णय गरेको जनाईएको छ । तर दिउँसोको साढे चार बजेदेखि साढे ६ बजेसम्म मानिसलाई हिँड्न दिएपनि गाडी चलाउन नदिने जनाएको छ ।
कुवेतमा अहिलेसम्म ७ हजार २ सय ८ जनामा कोरोना संक्रतिमण फेला परेकोे छ । २ हजार ४ सय ६६ जना निको भएर घर फर्केका छन् भने ४ हजार ६ सय ९५ जनाको अस्पतालमा उपचार भइरहेको छ । कुवतेमा अहिलेसम्म ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
कुवेतमा रहेको ८४ जा नेपाली श्रमिकलाई कोरोना संक्रण देखिएको नेपाली दूतावासले जनाएको छ ।
