
पूर्णपुष्टि, भदौ १५
कुवेतले विदेशी नागरिकको भिसा थप तीन महिना थपेको छ । कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिका कारण विदेशी नागरिकको भिसा थप तीन महिना बढाउँदै नोभेम्बर ३० सम्म पु¥याएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कुवेतले यसअघि थप गरेको भिसाको अवधि यही अगष्ट ३१ अर्थात आजदेखि सकिंदैछ । तर अझै पनि कोरोनाको कारण चार्टर्ड बाहेक अन्तर्राष्ट्रिय उडानहरु सञ्चालनमा नआएकाले भिसा अवधि थप गरेको जनाईएको छ ।
पहिले थपेको तीन महिनाको भिसाको समय पनि सकिने भएकोले फेरि तीन महिना भिसाको म्याद थप गरिएको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ । अब कुवेतको भिसा नोभेम्बर ३० सम्म स्वतः नवीकरण हुनेछ ।
