Friday, January 24News That Matters

कृषि क्षेत्र र किसानको सवाललाई प्राथमिकता दिन माग

पूर्णपुष्टि/मंसीर ५ गते ।

उदयपुर-उदयपुरको कटारी नगरपालिकाका कृषकहरुले कृषि क्षेत्र र किसानहरुको सवाललाई प्राथमिकता दिन आग्रह गरेका छन् । नगर उपप्रमुख भीमकुमारी राउत कृषकहरुको सामुहिक हस्ताक्षरसहितको ज्ञापन पत्र बुझाउदै कृषकहरुले यस्तो आग्रह गरेका हुन् ।

राष्ट्रिय कृषक समुह महासंघ, नेपाल नगर कार्य समिति कटारीका अध्यक्ष भुवनराज गिरीको अगुवाईमा बुझाइएको ज्ञापनपत्रमा कृषि क्षेत्रमा नगरपाल्किामा प्राप्त भएको कृषि बजेट कृषि र किसानका लागि नै विनियोजन तथा कार्यान्वयन गर्न, प्रत्येक वडा स्तरमा कृषि भवन निर्माण गरी कृषि तथा पशु प्राविधिकबाट किसानहरुलाई प्राविधिक सेवा प्रदान गर्न, नगरपालिका क्षेत्रमा रहेको कृषि उपज संकलन केन्द्र पुनः संञ्चालनमा ल्याई कृषि बजारको रुपमा संञ्चालन गर्न माग गरिएको छ ।

त्यस्तै, नगर क्षेत्रमा संञ्चालन भई रकेको नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियमेजनाको अनुगमन गरी प्रवावबारी तथा पारदर्शि रुपमा संञ्चालन गर्न, कृषि प्रसार व्यवस्थापनका लागि स्थानीय स्तरमा श्रोत केन्द्रहरुको स्थापना र व्यबस्थापन गर्न, रैथाने जातका विउ तथा पशुहरुको संरक्षण तथा संवद्धन गर्न र स्थानीय स्तरमा किसानहरुले उत्पादन गरेका बस्तुहरुको समर्थन मुल्य निर्धारण गरी कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन गर्न विशेष माग गरिएको छ ।

नगर महासंघका अध्यक्ष भुवनराज गिरीका अनुसार राष्ट्रिय कृषक समुह महासंघका केन्द्रिय महासचिव नवराज बस्नेत, जिल्ला अध्यक्ष सोमबहादुर दनुवार, वडाध्यक्षहरुको विशेष उस्थिति रहेको कार्यक्रममा नगर उपप्रमुख राउतले किसान र कृषि क्षेत्रमा सदा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।