Monday, May 4News That Matters

कोकाहा खोलाबाट पानी धरान ल्याउन सफल भएपछि भाबुक बने मेयर साम्पाङ

पूर्णपुष्टि,जेष्ठ ३० । विगत लामो समय देखि खानेपानीको अभाव झेल्दै आएका धरानमा कडा परिश्रम र मेहेनतको परिणामस्वरुप धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कोकाहा खोलाको पानी धरान ल्याउन सफल भएका छन् । करिव ४२ किलोमिटरको दुरीबाट पानी ल्याउँन सफल हुन्दा सोमबार मध्यरातमा उनी भावुक भएका थिए ।

मेयर साम्पाङले आफु निर्वाचित भएकै समय देखि धराने जनातालाई खानेपानि खुवाउने लक्ष्य लिएर हिडेका थिए । उनले यस विचमा श्रमदान अभियान सुरु गरेको ९८औँ दिनमा मध्यराती कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो । विभिन्न राजनीतिक दल, दलका नेताहरु एवं मेयर साम्पाङका आलोचकहरुले निरन्तर आलोचना गरिरहे पनि श्रमदान अभियानबाट नै कोकाहाको पानी ल्याउन मेयर साम्पाङ सफल भएका हुन् ।

मध्यराती १२ बजेर ३ मिनेटमा कोकाहाको पानी पकुवा खोलामा वास आउट गर्न खसालिएको श्रमदान अभियानका प्रोजेक्ट मेनेजर दत्तकुमार लिम्बुले जानकारी दिए । उनले भने,‘मानिसहरुले हामीलाई अनेक कुराहरु गरे, विरोध गरे तर कोकाहाको पानी ल्याएरै छोड्यौं।’

मेयर साम्पाङले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ‘आज ११ बजेदेखि कोकाहा खोलाको पानीमा नुहाउने कार्यक्रम रहेको छ १ कोकाहाको पवित्र जलले नुहाउन धरान २० को माया धराने साबुन फ्याक्ट्री निर्माण स्थल छेउ पकुवा खोलामा आउनु होला जय श्रमदान’