
वैशाख १०
भारतका मुम्बईको एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आगलागीबाट अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको जनाईएको छ । शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो ।
अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । आगलागीको कारण खुलेको छैन । यसअघि महाराष्ट्रको नासिकमा अक्सिजन लीक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको जनाईएको छ ।
