
पूर्णपुष्टि, जेष्ठ १५
सरकारले २०७८/०७९ को बजेट बाट कोभिड (१९) उपचारको लागि चार अर्ब बजेट छुट्याएको छ । निशुल्क कोभिड उपचारमा नागरिकहरुलाई पहुच पराउने हिसावले बजेटको बिनियोजन गरिएको हो ।
आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कोभिड उपचारका लागि आवश्यक टेष्ट किट आयात तथा उपचारका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको बताए ।
उनले अक्सिजन लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीमा कर तथा भन्सार छुट गरेको बताएका छन्। त्यस्तै खोप आयातका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको बताए ।
उनले स्वास्थ्यकर्मीको जोखिम भत्ता पनि कोभिड –१९ महामारी रहेसम्म निरन्तरता दिने बताएका छन्। यस्तै सेवा निवृत्त इन्टरसिपपमा रहेका चिकित्सक तथा नर्सलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको बताए ।
