Sunday, June 28News That Matters

कोरियाले सबै विदेशी नागरिकको निःशुल्क कोरोना परीक्षण गर्ने

पूर्णपुष्टि, फागुन २६ 

दक्षिण कोरियाले सबै विदेशी नागरिकको निःशुल्क कोरोना परीक्षण गरिदिने भएको छ ।

कोरियाको ‘मिनिस्ट्री अफ जस्टिस’ले वैध र अवैध श्रमिकलाई नछुट्ट्याइ सबैको निःशुल्क कोरोना परीक्षण गर्ने दक्षिण कोरियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

परीक्षण गर्न जाँदा श्रमिकको कानुनी अवस्थाबारे सोधिने छैन । दक्षिण कोरियामा पछिल्लो समय कोरोना सङ्क्रमण घट्दो क्रममा रहे पनि कोरियामा बसोबास गर्ने विदेशी नागरिकमा भने लगातार रूपमा सङ्क्रमण देखिएको भन्दै मन्त्रालयले दूतावासलाई पत्र लेख्दै कोरियामा रहेका सबै नेपालीलाई कोरोना परीक्षणमा सहभागी हुन अनुरोध गरेको जनाईएको छ ।

दूतावासले कोरियामा कार्यरत सबै श्रमिकलाई कोरोना परीक्षणमा सहभागी हुन अनुरोध गरेको छ ।