Sunday, June 28News That Matters

कोरोनाको तेस्रो लहर फैलिएसँगै फ्रान्सको केहि ठाउँमा लकडाउन

पूर्णपुष्टि, चैत ६

कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै फ्रान्समा फेरि एक महिने लकडाउन सुरु भएको छ । फ्रान्सको राजधानी पेरिससहित १५ ठाउँमा आजदेखि लागू हुनेगरी एक महिने लकडाउनको घोषणा भएको हो ।

अहिलेको लकडाउन अघिल्लो पटकको लकडाउनजत्तिकै कडा भने नहुने जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । लकडाउनका समयमा अतिआवश्यक बाहेक अरु रोजगारीका कामहरु बन्द रहनेछन् भने विद्यालयहरु भने खुल्ने फ्रान्सको सरकारले जनाएको छ ।

यो समयमा मानिसहरु अतिआवश्यक परेमा १० किलोमिटरसम्मको दूरीमा आउजाउ गर्न पाइने तर एक ठाउँबाट अर्को ठाउँमा जान बन्देज गरिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ३५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।

समयमै खोप अभियान सञ्चालन नगरेमा फ्रान्स सरकारको चर्को आलोचना भइरहेको छ । समयमै खोप लगाउन नसकेकाले तेस्रो लहरको सङ्क्रमण सुरु भएको भन्दै सरकारको विरोध भइरहेको जनाईएको छ ।