
पुर्णपुष्टि,असोज १३
कोरोना संक्रमणबाट त्रिविका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । अस्पतालमा कार्यरत ५७ वर्षीया महिला स्वास्थ्यकर्मीको मृत्यु भएको हो ।

उनलाई यहि असोज ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी अस्पतालमै उपचाररत थिइन् । उनमा निमोनिया, दम र थाइराइडको समस्या देखिएको अस्पतालले जनाएको छ ।
उनको अस्पताको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

