
पूर्णपुष्टि, कात्तिक १
चितवनमा कोरोना संक्रमणबाट एक वडा सदस्यको मृत्यु भएको छ ।
खैरहनी नगरपालिकाका–१२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार बिहान मृत्यु भएको वडाले जनाएको छ ।
दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका ४१ वर्षीय पाण्डे क्यान्सर रोगबाट समेत पीडित थिए । उनको गत चैतमा क्यान्सरको अप्रेसन गरिएकोमा तेस्रो पटक किमो चढाइएको थियो । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएको थियो ।

