Wednesday, June 10News That Matters

कोरोनाबाट धरान र विराटजगरमा थप ५ जनाको मृत्यु

पुर्णपुष्टि, असोज २५ 

कोरोनाबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नोबेल मेडिकल कलेज बिराटनगरमा थप ५ जनाको मृत्यु भएको छ ।
रानमा उपचाररत सुनसरीको धरान उपमहानगरपालिका–८ की ६२ वर्षीया वृद्धाको हिजो राति ८ बजे, दुहवीका ६५ वर्षीय वृद्धको आज बिहान ३ः५० बजे र धनकुटाकी ६१ वर्षीया वृद्धा महिलाको पनि आज बिहान ६ः४० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै नोबेलमा उपचाररत सुनसरीको दुहवी नगरपालिका–३ की ४० वर्षीया महिलाको राति ११ बजे सुनसरी हरिनगर–४ का ७१ वर्षीय वृद्ध पुरुषको पनि राति १०ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार महिलालाई २० असोजमा नोबेल अस्पतालमा भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा २१ असोजमा रिपोर्ट पोजेटिभ आएको थियो ।

७१ वर्षीय वृद्ध पुरुषको श्वासप्रश्वासमा समस्या भएकाले उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो ।