Thursday, July 9News That Matters

कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

पूर्णपुष्टि, पुष १० । पछिल्लो समय मुलुकमा कोरोना संक्रमणको संख्य ह्वातै बढिरहेको कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नेपाली सचेत नागरिकहरुलाई अतिरिक्त मात्रामा ९बुस्टर डोज० लगाउन आग्रह गरेको छ । छिमेकी मुलुक भारत र चीनमा कोरोना बढिरहेका कारण मन्त्रालयका प्रवक्ता डा।सञ्जयकुमार ठाकुरले सबैलाई बुस्टर डोज अनुरोध गरेका हुन् ।

पहिलो र दोस्रो मात्रा खोेप लगाएका नागरिकहरुले अनिवार्यरुपमा बुस्टर डोज लगाउन अनुसोध गरेका छन् । मन्त्रालयका प्रवक्ता डा ठाकुरले १५ लाख मात्रा बुस्टर डोज खोप ल्याउन थालिएको जानकारी दिए । कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता गरिएको ९२ लाख मात्रा खोपमध्ये ३७ लाख मात्रा ल्याइसकेको छ । अब त्यही बाँकी रहेकोमध्ये १५ लाख मात्रा खोप बुस्टर डोजका लागि ल्याउन थालिएको हो ।

सम्झौता गरिएको खोपमध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने स्वदेश आइसकेको छ । यस्तै मन्त्रालयले संक्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ ।