Tuesday, June 23News That Matters

कोरोना : उपचारपछि निको हुनेको संख्या ८७७ पुग्यो

पूर्णपुष्टि, जेठ ३० गते । 

नेपालमा कोरोना संक्रमित मध्ये उपचारपछि आज थप १६ जना निको भएका छन् । यो सँगै उपचारपछि निको हुनेको संख्या ८ सय ७७ पुगेको छ ।

काठमाण्डौका विभिन्न अस्पतालबाट ८ जना र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना गरी १६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप ४ सय ४८ जनामा कोरोना पुष्टि भएपछि नेपालमा संक्रमितको सख्या ५ हजार ६२ पुगेको छ भने मृत्यु हुनेको संख्या १६ पुगेको मन्त्रालयले जनाएको छ ।