
पूर्णपुष्टि,कार्तिक १८
अर्घाखाँचीमा कोरोना संक्रमणबाट मृत्यु भएकाको एक पुरुषको शव गाडेको ठाउँबाट उत्खनन् गरेर हिन्दु परम्परा अनुसार ५ महिनापछि दाहसंस्कार गरिएको छ । मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको शव दाहसंस्कार गरिएको हो ।

खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो । मृत्यु पछि उनमा कोरोना संक्रमण देखिएको थियो ।

त्यतिबेला परिवारले चाहेको ठाउँमा शव व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन् । अहिले ५ महिनामा शव उत्खनन् गरेर हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको आफन्त प्रकाश खनालले बताए ।

उनको शव करीब ५ महिनापछि उत्खनन् गरेर दाहसंस्कार गरिएको आफन्त जानकारी दिए । कोरोना पोजेटिभ देखिएपछि शव व्यवस्थापनबारे विवाद हुँदा शव दुई दिनसम्म खुल्ला चौरमा राखिएको थियो ।

