
पूर्णपुष्टि, फागुन १२
नेपालमा कोरोना भाईरसविरुद्धको खोप ४ लाख २९ हजार ७ सय ५ जनाले लगाएका छन् ।
पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत १ लाख ८५ हजार ८ सय ६५ जना स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शववाहन चालकले खोप लगाएका छन् ।
त्यसपछि माघ २६ देखि ३० गतेसम्म कुटनीतिक नियोगका कर्मचारी र पत्रकार गरी ३ हजार ४ सय ८० जनाले खोप लगाए र फागुन २ देखि १० गतेसम्म नापी, जिल्ला प्रशासन कार्यालयलगायतमा काम गर्ने निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी गरी २ लाख ४० हजार ३ सय ६० जनाले खोप लगाएका स्वास्थ्य सेवा विभागले जनाएको छ ।
फागुन १० गतेसम्म नेपालको कुल जनसंख्याको १.४ प्रतिशतले खोप लगाइसकेको विभागले जनाएको छ ।
