
मिलन परियार
लिम्चुङ्बुङ, असार २४
कोभिड १९ को कारण मारमा परेका उदयपुरको विपन्न तथा गरिब ५ सय ५१ घर परिवारलाई राहत सामाग्री वितरण गरेको छ । लकडाउनले विपन्न तथा गरिब र दैनिकी ज्याला मजदुर गरि खाने ५ सय ५१ घर परिवारलाई जाल्पा विकास समाजले राहत स्वरुप खाद्यन्न वितरण गरेको हो ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा रौतामाई गाउँपालिकाका ३ सय ८०, लिम्चुङ्बुङ गाउँपालिकाका ९० र त्रियुगा नगरपालिका–१५ खाँबुका ८१ घरलाई १५ लाख बराबरको राहत वितरण गरिएको जाल्पा एकीकृत बिकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले बताउनुभयो ।
कोरोना भाईरसको संक्रमण बढ्ने सम्भावना रहेकाले स्थानीय तहसँग समन्वयन गरेर यस्ता राहत ल्याउन रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले आग्रह गर्नुभयो ।
लकडाउनको बेला विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार राहत वितरण गरेको जाल्पा एकीकृत बिकास समाजका सुचना अधिकारी एबम अनुगमन मुल्यांकन अधिकृत रुद्रप्रसाद पोखरेलले बताउनुभयो । चामल ३०, दाल ३, नुन २, चिनी २ केजी र खाने तेल २ लिटर, नुहाउने साबुन ४ वटाका दरले राहत विरतण गरेको उहाँले बताउनुभयो ।
भारत लगाएत विभिन्न मुलुकहरूबाट घर फर्केकाहरुलाई स्थानीय पालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेकाहरुलाई केही राहत मिलोस भन्ने हेतुले त्रियुगा नगरपालिकालाई ६३ सेट, रौतामाई गाउँपालिकालाई २१ सेट र ताप्ली गाउँपालिकालाई १६ सेट सरसफाइ सामाग्री उपलब्ध गराईएको संस्थाका प्रसासन बित्त अधिकृत दिलिपकुमार चौधरीले बताउनुभयो ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपाल को साझेदारी मा उक्त क्षेत्र मा बिगत देखिनै जाल्पा बिपत ब्याबस्थापन , सिक्षा बाल प्रायोजन कार्यक्रम सन्चालन गर्दै आईरहेको थियो ।
