
पूर्णपुष्टि, जेष्ठ २३
१३ नं वडाले कोरोना संक्रमण बाट सुरक्षित हुने बारे बिभिन्न कार्यहरु संञ्चालन गरेको छ । माहामारीको बिच वडावासीहरुलाई सुरक्षित र रोग बाट मुक्त बनाउन वडामा स्वास्थ्य क्षेत्रलाई पूर्व तयारीका साथ व्यवस्थीत गरिएको छ । वाडाले कोरोना रोकथामका लागी स्थानीयहरुलाई सचेत गराउनुका साथै आवश्यक कुराहरुमा पहुच पुराउँदै आएको छ ।
हाल वडाभित्र २७ जना संक्रमित रहेको छ भने ५ जनाको ज्यान गएको छ । वडा भित्र रहेको संक्रमितहरुलाई करोना बाट सहजै पराजय गराउनका निम्ति वडाले फलफुल तथा स्वास्थय सामाग्री पनि प्रदान गर्दै आईरहेको छ । स्थानीय सरकारको जिम्मेवारीको हिसावले वडालाई कोरोना मुक्त राख्न वडावासीहरुलाई सचेत गराउँदै आईरहेको वडाअध्यक्ष पशुपती चौधरीले बताउनुभयो ।
कोरोना रोकथामका निम्ति स्वास्थ्य तथा सुरक्षाको मापदण्ड अपाउँदा अपनाउँदै पनि भित्रिएको संक्रमणलाई भयाबह हुन नदिन र नियन्त्रण गर्न वडा सचेत रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।
वडाले जटिल अवस्थाका विरामीलाई ५ वेडको आईसोलेसन समेत तयार गरिनुका साथै ५ ओटा अक्सिजन र ५ ओटा सिलिण्डर वडामै व्यवस्था गरेको छ । अन्य सामान्य किसिमको बिरामाीहरुलाई पनि जतिसक्दो कोरोना बाट मुक्त बनाउन र मृत्यु बाट बचाउन स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानी र औषधीको पहँच रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।
वडाभित्रका सबै संक्रमितहरुलाई इम्युनिटि पावर बढाउने पोषिलो फलफुल, स्वास्थ्य राख्न स्वास्थ्य सामाग्रीहरु र औषधी पनि वडाले प्रदान गर्दे आईरहेको छ । संक्रमितहरुलाई स्वास्थ्यकर्मीहरुको परामर्श अनुरुप औषधीहरु प्रयोग गर्न जानकारी गराईएको छ ।
वडाले कोरोना नियन्त्रनका लागि पिसिआर परिक्षण, स्वास्थ्य मापदण्ड, निषेधाज्ञाको पालना, जनचेतना, मनोविमर्शकर्ता, स्वास्थ्यकमीहरु बाट प्रत्यक्ष निगरानी जस्ता कार्यको लागि वडाले निर्देशन गरेको छ । वडा भित्र होम क्वारेन्टाईन भित्र रहेका संक्रमितहरुलाई १ जना स्वास्थ्यकर्मी छुट्टै खटाईएको छ ।
वडाले कोरोना संक्रमित बाट व्यान गुमाउने परिवारलाई किरिया खर्च बापत रु ५ हजारको दरले आर्थिक सहयोग पनि गर्दै आईरहेको छ । वडाले करिब २५ घरलाई राहतको पनि व्यवस्था गरिसकेको छ ।
