Friday, May 22News That Matters

कोरोना विरुद्धका खोपको परीक्षणका लागि चार देशको अनुमति

पूर्णपुष्टि, भदौ २१

चीनमा बन्दै गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएका छन् ।

चाइना नेशनल बायोटेक ग्रुप सीएनबीजी र सिनोवैक बायोटेक लिमिटेडले खोपको अन्तिम परीक्षणका रुपमा मानिने क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएको जनाएको छ ।

सर्बिया र पाकिस्तान तेस्रो चरणको परीक्षणका लागि सहमत भइसकेका छन् । अरु दुई वटा देशले डाटा माग गरिरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

चीनमा कोरोना भाइरस सङ्क्रमितको संख्या धेरै नभएकाले अरु देशमा परीक्षण गर्नुपरेको जनाईएको छ । सर्बीयामा चीनले नै बनाउँदै गरेको दुई वटा खोपको परीक्षण हुनेछ । पाकिस्तानमा एउटा खोपको परीक्षण हुनेछ ।

दुई वटा खोप वुहान र बेइजिङ सीएनबीजी यूनिटले तयार पारेको हो । पाकिस्तानमा भने बेइजिङ यूनिटले तयार पारेको खोपको मात्रै परीक्षण हुनेछ ।

सीएनबीजीको तेस्रो चरणको परीक्षणमा १० देशका झण्डै ५० हजार मानिस सहभागी हुने सम्भावना रहेको जनाईएको छ । संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टीना र जोर्डनमा पहिलेदेखि नै परीक्षण सुरु भइसकेको छ ।