
पूर्णपुष्टि, भदौ १२
बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ का ६० वर्षीय पुरुषको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनलाई गत ७ गते अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा उपचार गरिरहेको थियो । उनमा श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको थियो ।
