
पूर्णपुष्टि, भदौ २
कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएका मृतकको परिवारका सदस्यमा संक्रमण पुष्टि भएको छ । धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय बृद्धको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको थियो ।
काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका उनको पिसाब बन्द हुने समस्या भएपछि गत साउन २७ गते धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको थियो ।
अस्पतालमा स्वाब लिएर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्यहरुको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ ।
उनको घरमा काम गर्ने एक जना बाहेक अरुको रिपोर्ट पोजेटिज आएको जनस्वास्थ्य कार्यालय काभे्रले जनाएको छ ।
