
पूर्णपुष्टि जेठ २७ गते ।
कोरोना भाइरसमने संक्रमणबाट एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । भरतपुर अस्पतालको आईसीयुमा उपचार गराइहेका भरतपुरका एक जेष्ठ नागरिकको मङ्गलबार मृत्यु भएको अस्पतालले जनाएको हो ।
उहाँको सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका उनको कोरोना सक्रमण भएपछि भरतपुर अस्पताल सारिएको थियो ।
लामो समयदेखि मुटुका बिरामी भएको उनलाई निमोनियाको लक्षण देखिएपछि सोमबार कोरोना परीक्षण गरिएको नारायणी सामुदायिक अस्पतालले जनाएको छ ।
कोरोनाबाट बिरामीको मृत्यु भएसँगै चितवनमा थप सुरक्षा सर्तकता अपनाइएको छ । मृतकका परिवार र उनले भेटेका मानिसको कन्ट्रयाक ट्रेसिङ गर्ने काम शुरु भइसकेको अस्पतालले जनाएको छ ।
