Thursday, July 2News That Matters

कोरोना संक्रमित दुई पुरुषको एम्बुलेन्समै मृत्यु

पुर्णपुष्टि,असोज १६ 

कोरोना संक्रमित दुई पुरुषको आज मोरङस्थित विराट मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गर्दा एम्बुलेन्समै मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका ९२ वर्षीय वृद्ध र सिराहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनिहरुको अस्पताल ल्याउने क्रममा एम्वुलेन्सै मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि उपचारका लागि विराट मेडिकल कलेज लगिएका सुनसरी खनारका एक वृद्ध र सिराहाका एक पुरुषको एम्बुलेन्समै मृत्यु भएको मेडिकलले जनाएको छ ।

इटहरीका वृद्धमा तीन दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले अस्पताल ल्याएका थिए । अस्पतालमा आइपुग्दा वृद्धको शरीर चिसो भइसकेको अवस्थामा पाइएको मेडिकल कलेजका आइसोलेसन इञ्चार्ज सुनिल  देवले बताउनुभयो । मृतक वृद्धमा दम, उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको उनको भनाइ छ ।

सिराहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय संक्रमित पुरुषलाई विराटनगरको नोवेल मेडिकल कलेजबाट थप उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो ।

सोमबारयता नोवेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका ५५ वर्षीय पुरुषलाई बिहीबारसाँझ रिपोर्ट पोजेटिभ आएपछि नोवेलले थप उपचारका लागि विराटको आइसोलेसनमा रेफर गरेको थियो । थप उपचारका लागि एम्बुलेन्समा राखेर विराट पु¥याइएका उनको पनि एम्बुलेन्सभित्रै मृत्यु भएको पाइएको इञ्चार्ज देवले बताए ।