
पूर्णपुष्टि, जेष्ठ १३
पाँचथरमा कोरोना संक्रमित वडाअध्यक्षको निधन भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको कोरोना संक्रमणबाट निधन भएको हो ।
कोरोना भाइरसको सङ्क्रमण भएपछि श्वासप्रश्वासमा समस्या देखिएको वडाअध्यक्ष शिगूलाई दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गराईरहेको थियो ।
वडाध्यक्ष शिगूलाई विहीबार बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गरे । शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
