Friday, May 22News That Matters

कोरोना २ वर्षभित्र नियन्त्रणमा आउने : डब्लूएचओ

पूर्णपुष्टि, भदौ ६

अबको दुई वर्षभित्रमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा आउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आशा गरेको छ ।

सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको तुलनामा कोरोना नियन्त्रणमा आउन सक्ने देखिएको डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडनाम गेब्रेयेसस बताएका छन् । अहिलेको उपचार पद्धतिले कोरोनालाई दुई वर्षभित्रमा नियन्त्रणमा लिन सक्ने उनले बताए ।

स्पेनिस फ्लू पनि दुई वर्षमा नियन्त्रणमा आएको थियो । अबको दुई वर्षमा कोरोनालाई पनि नियन्त्रण गर्न सकिने एउटा आशा देखिएको बताएका छन् । एक अर्कोको सम्पर्कमा आएकै कारण विश्वमा कोरोना फैलिएको पनि उनले बताए ।

स्पेनिस फ्लूका कारण सन् १९१८ देखि १९२० सम्ममा कम्तीमा पाँच करोड मानिसको मृत्यु भएको थियो ।

कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको मृत्यु भईसकेको छ ।