Saturday, April 26News That Matters

कोषाध्यक्षलाई कदरपत्रसहित विदाइ

पूर्णपुष्टि, उदयपुर, फागुन ५ गते

-चामलिङ राई वाभछा समाज उदयपुरकी कोषाध्यक्ष लिनावाङ राईलाई सुक्रबार एक कार्यक्रमकाबीच विदाइ गरिएको छ । परिवारका साथ बाहिरदेश जानुहुने भएपछि पदबाट राजीनामा दिनुभएकी राईको कार्यकालको उच्च मूल्यांकन गर्दै विदाइ गरिएको अध्यक्ष प्रकास राईले बताउनुभयो । राईलाई संस्थाको तर्फबाट कदर गर्दै कदरपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

संस्थाका केन्द्रिय सल्लाहकार भोटराज राई, जिल्ला समितिका प्रमुख सल्लाहकार तथा अर्थ संयोजक मेम्बर राई, सल्लाहकार राजु राई, अध्यक्ष प्रकाश राई, उपाध्यक्ष दिलराज राई लगायतले संयुक्तरुपमा कदरपत्र प्रदान गर्दै अबिर र खादाले सम्मान गरेका थिए ।

त्यस क्रममा उहाँले आप्mनो कामप्रति कदर गरिएकोमा खुसी व्यक्त गर्दै पद वाहिरै रहेर पनि संस्थाप्रतिको सहयोगी भूमिका निर्वाह गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।