Wednesday, July 1News That Matters

क्यान्सर पिडित साथीको सहयोगार्थ ०५१ एसएलसी ब्याजीको आर्थिक संकलन अभियान

पूणर्पुष्टि, असोज २

५१ साल एसएलसी ब्याजी, (गाईघाट) समूहले क्यान्सर पिडित साथीको उपचारका लागि आर्थिक सहयोग संकलन थालेको छ । त्रियुगा नागरपालिका -१० बोक्सेका सँगै पढेका साथी सुरेन्द्र कुमार मगरको उपचार सहयोगका लागि आर्थिक सहयोग संकलन थालेको हो ।

४१ बर्षिय मगरलाई ब्लड क्यान्सर भएको र उनको आर्थिक अवस्था नाजुक भएकाले उपचारका लागि सहयोग रकम जुटाउनु परेको समूहका सदस्य किसन राईले बताउनुभयो ।

आर्थिक संकलन अभियानका संयोजक समेत रहनु भएका राईका अनुसार सबैभन्दा पहिले ०५१ साले ब्याजीका साथीहरुबाट नै आर्थिक संकलन भइरहेको छ । त्यस अलवा अन्य सहयोगी मनहरु बाट पनि संकलन गरिने उहाँले बताउनुभयो । ०५१ ब्याजीले सामुहिक रुपमा सामाजिक हकहितका काम गर्ने क्रममा हाल आफ्नै ब्याजी साथीको निम्ति आर्थिक संकलन काम गर्न थालेको छ ।झापाको विर्तामोड स्थित विएमसी हस्पिटलमा अप्रेशन हुने मगरलाई सकेसम्मको आर्थिक संकलन गरी उपलब्ध गराउने संयोजक राईले बताउनुभयो । भक्तपुर थापाथली स्थित काठमाडौँ क्यान्सर सेन्टरले गत बर्षको मंसिरमा रोग पत्ता लगाएको र करिब साडे २ लाख बराबरको खर्च लाग्ने मगरले बताउनुभयो ।

हाल काठमाण्डौँमै रहेका मगर एक कन्ट्रक्सनमा सामान्य सुपरभाईजरको काम गर्दै आएका थिए । उनको घर परिवारको अवस्था नाजुक रहेको छ । घर जग्गा बेच्दा पनि उपचार खर्च नपुग्ने भएपछि सहयोगको अपिल गर्नुपरेको हो ।

उनलाई सहयोगका लागि एनआइसी बैँको भक्तपुर दुवाकोट शाखामा रहेको खाता नं. १६९५७५०९४१५१९००१ मा रकम जम्मा गर्न सकिने छ । उनलाई प्रत्यक्ष कुराकानीमा पनि सहयोग गर्न सकिने छ । ९८४१९९५३५८ मा सम्पर्क गरेर पनि उनलाई आर्थिक सहयोग गर्न सकिने छ ।