Tuesday, July 7News That Matters

क्रिकेटर सन्दिप लामिछाने २० लाख धरौटीमा रिहा

पूर्णपुष्टि,पुष २९ । बालिकामाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटीमा रिहा भएको छ । बिहीबार उच्च अदालत पाटनको आदेशअनुसार शुक्रबार लामिछाने २० लाख धरौटी बुझाएर लामिछाने रिहा भएको हो ।

लामिछाने थुनामुक्त भएसंगै उनलाई राष्ट्रिय क्रिकेटमा फकार्उनका लागि पहल सुरु भएको उनका कानून व्यावसायीले बताए । कारागारबाट मुक्ती पाए पनि लामिछाने माथिको आरोप कायमै छ । अदालतबाट उनलाई तारिखमा रिहा गर्ने तयारी थियो ।

पाटन उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।

गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ परेका लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।