
पाँचथर, जेष्ठ १८ गते ।
पाँचथरमा आग्लागी हुदा करिब २२ लाखको क्षती भएको छ । फालेलुङ गाउँपालिका – ५ स्थित कालिका माध्यमीक विधालयको क्वाटरमा आग्लागी हुदा करिब २२ लाखको क्षती भएको हो ।
मध्येन्न करिब ११ः४५ बजे अचानक विद्युत सर्ट भई आगो लागेको विद्यालयले जनाएको छ । स्थानियबासीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।
विद्यालयको शिक्षक बस्ने तीन कोठे भवनमा आग्लागी हुदा क्वाटरमा रहेको फर्निचर, भाडा वर्तन, मोवाईल २ थान र नगद ८ हजार सहिति जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।