Tuesday, April 21News That Matters

क्वारेन्टिनमा एक जना युवकले गरे आत्महत्या

पुर्णपुष्टि, असोज १ 

रुपन्देहीमा एक युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । बुधबार राति क्वारेन्टाइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर युवाले आत्महत्या गरेको  इलाका प्रहरी कार्यालय बुटवलले जनाएको  छ ।

देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टिनमा २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेका हुन् ।

यसअघि पनि सोही क्वारेन्टिनमा एकजनाले शरीरमा आगो लगाउँदा मत्यु थियो । युवक भदौ १७ गते भारतबाट आएर क्वारेन्टिनमा बसेको  थियो ।

पाँच दिन अगाडि कोरोना परीक्षण गरिएको उनको  रिपोर्ट भने आउन बाकि थियो । उनले आत्महत्या गर्नुको कारण नखुलेको   देवदह नगरपालिका स्वास्थ्य शाखा   कार्यालयले जनाएको छ ।