
अनिसा थापामागर / प्रशिक्षार्थी पत्रकार
ताम्लिछा, असार १६ गते ।
बारीमा छरेको मकै खडेरीले मर्न थालेपिछ लिम्चुङ्बुङका कृषकहरु चिन्तित बनेका छन् । सुनकोशी किनार आसपास र माथिल्लो भेगका गाउँहरुमा खडेरीले मकै सुकेर ढोड बनेपछि कृषकहरु चिन्तित बनेका हुन् ।
पहाडी भेगको मुख्य बालीको रुपमा लगाईने मकै खडेरीले विरुवामै सुकेर सेताम्य भएपछि गाउँलेहरु चिन्तित बनेको स्थानिय कृषक टेकबहादुर मगरले बताए । निकै लामो समयदेखि बेँसी सुनकोशी किनार आसपासमा पानी नपरि खडेरी लागेको भएपनि अहिले भने लेकमा समेत मकै मर्न थालेको कृषक मगरले बताए ।
बारिमा छरिएका मकै मरेर सखाप भएको छ भने पानीको मुहान सुखेपछि खेतमा रोप्नलाई राखिएको धनको विउ (व्याड) समेत मर्न थालको कृषक मगरले बताए । धेरै वर्ष पहिले यस्तो खडेरी लागेको थियो तर यति लामो खडेरी लागेको थाहा नपाएको कृषक मगरले बताए ।
खाउँला भनेर छरेको मकै बारीमा सेताम्य भएर मरेपछि के खाने, के गर्ने भन्ने बारेमा स्थानयहरु सोच्न समेत नसकेको कृषक मगले बताए । उनले भने अव पानी प¥यो भने पनि मकै फल्दैन यतिबेला मकै धानचामर, घोगा लागि सक्नु पर्ने समय हो ।
खडेरीले वन जंगल नै सुकेपछि गाई वस्तुको लागी घाँस पातमा समेत समस्या आएको छ । असारको मध्यमा फुस्रा डाँडापाखाहरु पनि हरियाली हुनु पर्ने हो तर यसपाली भने चैत झै सुख्खा डाँडा फुस्रा नै भएको स्थानियहरुले बताएका छन् ।
बारिमा छरिएका मकै र रोपनलाई राखिएका व्याड मात्र नभई जंगलको रुख विरुवा नै सुकेको छ । खानेपानीको मुहान समेत सुख्न थालेपछि समस्या आएको कृषक कृष्ण दलार्मी मगरले बताए ।
खानेपानीको मुहान सुख्न थालेपछि पुरानै बाबु बाजेले प्रयोग गर्दै आएका कुवा, पधेँरा, खोला धाउनु परेको कृषक मगरले बताए । पानीकै समस्याले करेसाबारीमा उत्पादन हुने हरियो सागपातको तरकारी उत्पादनमा समस्या आएको कृषक मगरले बताए ।
खानेपानीको मुहान सुख्न थालेपछि गाग्री र डोकोमा पानी बोक्नु पर्ने बाध्यता आएको छ भने बारीको मकै मरेपछि खाद्यन्नमा ठुलो संकट आउने स्थानियहरुले बताएका छन् ।