
मोरङ, साउन १५ गते ।
मोरङको बेलबारीमा एक जना मृत अवस्थामा फेला परेको छ । बेलबारी नगरपालिका – ५ धोकादार निबासी ६० वर्षीय भिमबहादुर खड्का मृत अवस्थामा फेला परेको हो ।
दिउँसो करिब पौने २ बजे बेनपा – ९ भाक्का चौकको पैनीमा खड्का मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउँना साथ प्रहरी टोली घटना स्थल पुगी कानुनी प्रक्रिाय पुरा गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।