Friday, February 7News That Matters

खाँबुका महिलाहरुलाई आत्मसम्मान सामग्री वितरण

उदयपुर, साउन १३ गते ।

खाँबुका विपद्मा परेका महिलाहरुलाई आत्मसम्मान सामग्री सोमबार वितरण गरिएको छ । त्रियुगा नगरपालिका १५ खाँबुका ५० जना महिलाहरुलाई वितरण गरिएको हो । आत्मसम्मान सामग्रीमा महिलाहरुले प्रयोग गर्ने सरसफाई तथा दैनिक प्रयोगका सामाग्रीहरु पर्दछन् ।

त्रियुगा नगरपालिका, जिल्ला विपद् व्यवस्थापन समिति उदयपुर र युएनएफपीएले वितरण कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर महिलाहरुलाई वितरण गरेका हुन् । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियार, उपप्रमुख गंगा राई, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, वडाध्यक्ष निरबहादुर मगर लगायतले सामग्री हस्तान्तरण गरेका थिए ।

आत्मसम्मान सामग्री पाएपछि महिलाहरुले खुसी ब्यक्त गरेका थिए । उनीहरुले प्राप्त सामग्रीको सहि सदुपयोग गर्ने बताएका छन् ।