
पूर्णपुष्टि/मंसीर ७ गते ।
उदयपुर–आगामी प्रतिनिधि/प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउने उद्देश्यले स्थानीय प्रशासनले स्थानीयसंग रहेको हातहतियार प्रहरीलाई बुझाउन अनुरोध गरेको अवस्थामा लुकाइछिपाइ राखेको एक भरुवा बन्दुक फेला परेको छ ।
गोप्य सुचनाको आधारमा जिल्लाको ताप्ली गाउँपालिका वडा नं. ४ का ४५ बर्षिय हस्तबहादुर तामाङको घरमा बुधबार प्रहरीले खानतलासी गर्दा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरी चौकी रुपाटारबाट प्रहरी सहायक निरिक्षक नारायणकुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले खानतलासी गर्दा फेला परेको एकनाल बन्दुक चौकीमा नै राखिएको जनाइएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले हतियार लुकाइछिपाइ राख्नुको सट्टा सर्बसाधारणले हतियार बुझाउन आएमा बुझेर राखिने बताउनुभयो ।
स्थानीय प्रशासनले निर्बाचनलाई लक्ष्ति गर्दै यसअघि कात्तिक मसान्तसम्ममा घरमा भएका बन्दुकजन्य हतियार बुझाउन सूचना जारी नै गरेको र त्यसमा सर्बसाधारणले प्रहरीलाई के कति हतियार बुझायो भन्ने रिपोर्ट बुभ्mन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले बताउनुभयो ।