Friday, February 7News That Matters

खानेपानी लिन घण्टौँको बाटोे

उदयपुर, चैत्र १२ गते ।

प्रयाप्त वर्षात नहुदा उदयपुरका रौतामाईको बासीन्दाहरु खानेपानी लिनका लागि घण्टौँको बाटो धाउन बाध्य भएको छ ।  जलवायु वरिवतर्नले खानेपानीको मुहान सुक्न थालेपछि रौतामाई गाउँपालिका–३ का स्थानियहरु पुरानै समस्या भोग्न बाध्य भएको हो ।

२०७२ सालको विनाष्कारी भुकम्पले पानी भासिने र मुहान सुक्ने समस्या आएको स्थानियहरु बताउँछन्  । धारामा पानी आउन छाडेपछि डोकोमा गाग्री बोकेर पुरानो कुवा, पधेँरा र कोशी धाउनु बाहेक पर्ने बाध्यता आएकोे स्थानियहरु बताउँछन् ।

रौगापा–३ को बेलबोटे, आदामारा, विमिरे, सोरखु, चण्ढौटे, बलौटे लगायतका गाउँहरुमा खाने पानीको समस्या सिर्जना भएको हो । पशुचौपायलार्ई काशीको पानी खुवाने गरेको र मान्छेले पनि घण्टौँ धाएर डोको र गाग्रीमा पानी बोकेर खादै आएको स्थानियबासीहरु बताउँछन् ।

एक गाग्री पानी लिनजान करिब एक देखि २ घण्टा लाग्छ । बाबु बाजेले प्रयोग गर्दै आएको पुरानो कुवा, पधेँरामा प्रयाप्त पानी नभई अधिकांश सुकि सकेको स्थानिय हिमाल कार्कीले बताए । थोरै तिन पानी भएको कुवा, पधेँरामा एक गाग्री पानी लिन रात भर रुङ्नु पर्छने स्थानिय कार्कीले बताए ।

बेँसीमा खेती हुनेहरु पुसमै कोशी गत्तीर तिर गाई बस्तु लिएर झर्ने गरेको र पानी परे घर फर्कने नभए बेसी तिर नै बस्ने गरेको पाईन्छ । पानी परेपछि मात्रै गाउँ फर्कने गरको स्थानिय कार्कीले बताए । जलवायु परिवर्तनका कारण समयमा पानी नपर्नु र प्रयाप्त पानी नपर्नाले गाउँमा अन्नबाली फल्न छाडेकाले कतिपयले गाउँ नै छाडेर बसाई सरिसकेको स्थानिय कार्कीले बताए ।

अहिले गाउँघरको ढोकामा ताला झुण्डीएको छ । खेति हुने बेँसी नहुने बसाई सरेर गयो स्थानिय रंगबहादुर राईले बताए । समय र प्रयाप्त वर्षात नहुदा अन्नबाली उब्जाउ नहुने, छरेको कमै बोट नै मर्ने, रोपेको कोदो बोटमै मर्ने गरेपछि वर्षेनी गाउँ छाडी बसाई सरेर जानेको संख्या तिब्र रुपमा बढेर गएको स्थानिय राईले बताए ।

खाने अन्न र पिउने पानी दुवै नभएपछि सहरबाट ल्याएको चालम खान सक्ने हैसियत नभएकोहरु घरमा ताला लगाएर बसाई सरेर जाने क्रम बढ्दै गएको स्थानिय राईले बताए । एकै गाउँबाट वर्षेनी ५/१० घर बसाई सरेर जाने गरेको स्थानिय राईले बताए ।

पुरानो धाराको मुहानहरु सुख्यो, परापूर्वकाल देखि प्रयोग गर्दै आएको कुवा, पधेँरा समेत सकेपछि गाई, बस्तु र मानिसले कोशीको पानी खानु भन्दा कुनै उपाय नभएको स्थानिय राईले बताए । यहि गतिमा वर्षात नहुने हो भने गाउँ रित्तिने स्थानिय राईले बताए ।

स्थानिय सरकार गाउँपालिकाले खानेपानीको समस्या आएको क्षेत्रमा सोलार सिस्टमबाट पम्पिङ गरी कोशीको पानी तानेर खानेपानीको समस्या हटाउने भनिए पनि अहिले सम्म कुनै प्रक्रिया नचालेको स्थानिय राईले बताए । खानेपानी कै समस्या परेपछि गाउँ छाड्नु बाहेक कुनै विकल्प नरहेको स्थानिय राईले बताए ।

लिम्चुङ्बुङ गाउँपालिकाले ल्याएको लिफ्टिङ सिस्टमको खानेपानी आयोजनामा उक्त गाउँहरु प्नि परेकाले भर्खरै सर्वे गरेर गएको छ । तर कैले पानी आउने र खाने ? खानेपानी भनेको अतिआवश्यक वस्तु भएकाले तुरुन्तै हुनु पर्ने स्थानियहरुले बताए ।

खाने पानीको हाहाकार मच्चिएपनि स्थानिय, प्रदेश र केन्द्रिय तीनै तहका सरकारले चासो नलिएको स्थानियहरुको गुनासो छ । बाजे बोजुको पालामा पनि नजिकैको कुवामा पानी हुने भएकाले यतिको घण्टौँ सम्म डोकोमा गाग्री बोकेर पानी ल्याउनु पर्ने अवस्था नभएको स्थानियहरु बताउँछन् ।

आफ्नो वडामा पानीको समस्या आएपछि गाउँ सभामा समेत कुरा उठाएको रौतामाई गाउँपालिका – ३ वडाध्यक्ष दुर्गराज खड्काले बताए । गाउँ सभामा उठाइएका कुरा सम्बोधन भएकाले ओडारे खोलाको पानी ल्याउने योजना भएको वडाध्यक्ष खड्काले बताए ।

भुकम्पले गर्दा पानीको मुहान सुख्न थालेकाले वाडाबासीहरुलाई खानेपानीको समस्या भएको वडाध्यक्ष खड्काले बताए । पानीको मुहान करिब १४ किलोमिटर सम्म टाढा रहेको छ । उक्त गाउँमा मात्रै भनई वडा भरिनै प्रयाप्त पानीको व्यावस्था नभएको वडाध्यक्ष खड्काले बताए ।

सवै भन्दा सुख्खा डाँडाकाडाले ओगटेको वडा भएकाले पानीको समस्या आएको हो । अन्य वडाहरुमा पनि पानीको केहि समस्या आएको भएपनि गाउँ नै छाडेर बसाई हिड्नु पर्ने बाध्यता नआउको वडाध्यक्ष खड्काले बताए ।

स्थानियबासीहरुले पाएका समस्यालाई सरकारले समयमै चासो नलिने हो भने गाउँ नै उजाडिन धेरै वर्ष नलाग्ने प्रष्ट देख्न सकिन्छ ।